स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)
स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । डोल्पा जिल्लाको काइके गाउँपालिकास्थित अन्नपूर्ण निमाविको मतदान केन्द्रमा एमालेले एक लौटी छाप लगाउन खोजेको भन्दै काङ्ग्रेसका अंगद बुढाले विरोध गरेपछि करिब ३०…
स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)
स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको छ । तनहुँ जिल्लाको रिसिङ गाउँपालिका-४ स्थित बालविकास माविमा रहेको मतदान केन्द्रमा विवाद हुँदा १२ः२० बजेपछि मात्रै मतदान प्रक्रिया सुरू भएको छ । नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार भोजराज…
दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप
दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच वैशाख ३१ गते झडप भएको छ । मतदाताहरूलाई मतदान गर्न दुवै पक्षले अवरोध गर्ने क्रममा उनीहरुबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको…
विस्फोटक पदार्थ निष्क्रिय
आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको राससले जनाएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा वैशाख ३१ गते बिहान फेला परेको प्रेसरकुकर बम तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको प्रहरीले जनाएको छ…
काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते
त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका दुई जना कार्यकर्ता घाइते भएका छन् । झडपमा नेकपा एमालेका कार्याकर्ता तिल बोहोरा र नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलका रत्नबहादुर बिष्ट सामान्य घाइते भएका छन् । एमालेका कार्यकर्ताले मतदातालाई…
माओवादी केन्द्रका उम्मेदवारको अपहरण
माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको बताएका हुन्…
दोलखाको तामाकोशी गाउँपालिका स्थित झुले मतदान केन्द्रमा झडप
दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप भएको छ । मतदातालाई मतदान केन्द्रमा आउन दुवै पक्षका कार्यकर्ताले अवरोध गरेका कारण दुई पक्षबिच झडप भएको जनाइएको छ । झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता अशोक कार्कीलगायत तीन जना काङ्ग्रेसका कार्यकर्ता…
एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, एकजना घाइते
भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३० बजे झडप भएको छ । झडपमा सोही नपा-१ कालेगाउँ निवासी २१ वर्षीय एमाले कार्यकर्ता ज्ञानु रावत घाइते भएका छन् । दाहिने आँखामा चोट लागेका घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको…
भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज
भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अपरिचित समूहले राखेको उक्त सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले वैशाख ३१ गते बिहान डिस्पोज गरेको हो ।
दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित
रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि माओवादी प्रतिनिधिले एमाले प्रतिनिधिलाई हातपात गरेपछि दुबै पक्षबिच झडप भएको थियो । झडपमा एमालेका एक प्रतिनिधि समान्य घाइते भएका छन्…