समिति गठनप्रति बाढी पीडितको असन्तुष्टी

कर्णाली प्रदेशको विभिन्न स्थानमा अस्थायी शिविरमा बसोबास गर्दै आएका बाढीपीडितका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले साउन ७ गते गठन गरेको उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिप्रति बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका छन् । उच्च स्तरीय समितिमा बाढी पीडित सङ्घर्ष समितिले बाढी पीडितलाई नसमेटेको भन्दै बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका…

०७५ साउन ८ गते  
मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित…

०७५ साउन ८ गते  
यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६ गते गिरफ्तार गरेको छ । ५० वर्षीय प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षदेखि १२ वर्षसम्मका ४ जना बालिकालाई यौन हिंसा गरेको आरोप लागेको छ । छोरी टोलाउने,…

०७५ साउन ८ गते  
विद्यार्थी आन्दोलनका कारण एक सातादेखि पठनपाठन बन्द

विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ । क्याम्पस प्रशासनसँग व्यवस्थित छात्राबास, शुद्ध खानेपानी र प्रविधिमैत्री क्याम्पसको माग गर्दै नेकपा र नेपाली कङ्ग्रेस निकट विद्यार्थीहरूले संयुक्त रूपमा आन्दोलन गरेको नेकपा निकट विद्यार्थी नेता शिशिर सिंह बोहराले बताए । विद्यार्थीले उठाएको…

०७५ साउन ८ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा साउन ७ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।…

०७५ साउन ७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको…

०७५ साउन ७ गते  
महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द

हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द भएपछि आश्रित पीडित महिला अलपत्र परेका छन् । घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिलाहरूको रेखदेख र परामर्शका लागि २०६६ सालदेखि सञ्चालन हुँदै आएको सेवा केन्द्र बन्द भएपछि केन्द्रमा आश्रय लिइरहेका…

०७५ साउन ७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा-१ का १८ वर्षीय रोशन सदालाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ५ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका…

०७५ साउन ७ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

जगरनाथपुर गाउँपालिका–४ सुहपुर बस्ने १८ वर्षीया बविता चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई साउन ५ गते गिरफ्तार गरेको छ । भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं. ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बविता असार…

०७५ साउन ६ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का ३८ वर्षीय गणेश खत्रीलाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन…

०७५ साउन ६ गते