मोर्चाद्वारा अधिवेशन विथोल्ने प्रयास, माेर्चाका नेता कार्यकर्ता गिरफ्तार

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको राजविराजमा माघ २८ गतेदेखि सुरू दोश्रो राष्ट्रिय अधिवेशनको व्यानर, झण्डा च्यात्दै अध्यक्ष नारायणमान विजुच्छेविरूद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले नाराबाजी गरेर बिथोल्ने प्रयास गरे । अधिवेशनको उद्घाटन समारोह विथोल्न पुगेका मोर्चाका कार्यकर्ताहरू र आयोजकबिच झडपको सम्भावना बढेपछि मोर्चाका ४८ जना…

०७३ माघ २८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय वेलौरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले ०७३ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस ९ गते इलाका प्रहरी कार्यालय, वेलौरीमा उजुरी दिएकी…

०७३ माघ २८ गते  
आयोगमा दर्ता भएका उजुरी सम्बन्धमा अनुसन्धान सुरु

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगको मानव अधिकार अनुगमन टोलीले माघ २८ गते डोल्पा जिल्लामा पुगेर अनुसन्धान सुरु गरेको जनाएको हो । आयोगका मानव अधिकार अधिकृत…

०७३ माघ २८ गते  
बलात्कार घटनाका फरार आरोपित ६ महिनापछि गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका ५२ वर्षीय गोरे भन्ने दिलबहादुर चालिसे क्षेत्रीलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ बलात्कार गरी फरार रहेको आरोपमा क्षेत्रीलाई प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…

०७३ माघ २८ गते  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको ठहर सहित १७ वर्षीय बालकलाई जिल्ला अदालत पाल्पाले माघ २७ गते ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीराम तिवारीको इजलासले आरोपितलाई कैद फैसला सहित पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको श्रेष्तेदार सुवर्ण खनालले बताए । पीडित महिलालाई आरोपितले ०७३ असार १६…

०७३ माघ २८ गते  
सङ्क्रमणकालीन न्यायका लागि गठित दुवै आयोगको अवधि एक वर्ष थप

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अवधि एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २७ गते बसेको बैठकले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालीन नेकपा माओवादी पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा जघन्य अपराधको घटनाको छानबिन गरी दोषीलाई कारबाही…

०७३ माघ २७ गते  
हत्या गरेको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा रोल्पा लिवाङ नपा-४ घर भई जिल्ला प्रहरी कार्यालय जाजरकोटस्थित मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय कमल बिकलाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ…

०७३ माघ २७ गते  
दाइजो पीडित अमृतालाई पढ्न आर्थिक सहयोग

दाइजो पीडित वर्दिवास नपा-८ फुलवारी टोलकी अमृताकुमारी कापरलाई पढ्नका लागि दाइजो प्रथा विरुद्ध लड्ने सिद्धार्थ बिजनेस ग्रुप काठमाडौँले माघ २६ गते आर्थिक सहयोग प्रदान गरेको छ । अमृताको घरमै पुगेर सिद्धार्थ ग्रुपले पढाउन पहिलो चरणमा १५ हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो । गरिबीका कारण कक्षा नौ मा पढाइ छाडेकी…

०७३ माघ २७ गते  
नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन् । ललनको गोडामा चोट लागेको पीडितका छोरा अमित साहले बताए । घाइते ललनको माघ २७ गते नै जनकपुर अञ्चल अस्पतालमा उपचार भयो । नापी कार्यालय पुगेका ललन साह र उनका…

०७३ माघ २७ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २६ गते १२ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र…

०७३ माघ २७ गते