गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास
हरिनास गाउँपालिकाका अध्यक्ष ३४ वर्षीय खिम नारायण मानन्धरलाई अज्ञात समूहले आक्रमणको प्रयास भएको पीडित पक्षले जनाएको छ । भदौ १३ गते बेलुकी गाउँपालिकाको कार्यालयबाट घरतर्फ आउँदै गर्दा हरिनासको जङ्गलमा मानन्धरमाथि आक्रमणको प्रयास भएको पीडितले बताए । गाउँपालिकाले घटनाको भत्र्सना गर्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेको छ । गाउँपालिका…
बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहको प्रतिबद्धता
बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम, द्वन्द्वपीडित साझा चौतारीलगायतको संयुक्त आयोजनामा नेपालगञ्जमा आयोजित “पीडितको अवस्था र न्याय प्राप्तिमा चुनौतिहरू” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरामा प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रदेश…
‘अन्तर्राष्ट्रिय बेपत्ता’ दिवसमा विविध कार्यक्रम
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते जनकपुरमा मैनबत्ती प्रज्वलन तथा हस्ताक्षर संकलन गरी बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ओरेक, कोक्याप, एमनेष्टी इन्टरनेशनल, थर्ड एलायन्स, एडभोकेसी फोरम नेपाललगायतले संयुक्त रूपमा जानकी मन्दिर परिसरमा मैनबत्ती प्रज्वलन र…
'अन्तर्राष्ट्रिय बेपत्ता दिवस'का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
“बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा कास्कीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भदौ १४ गते दिवस मनाइएको छ । दिवसका क्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, नेपाल रेडक्रस सोसाईटी कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयलगायतका विभिन्न सङ्घसंस्था सदस्य…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–५ मनकामनाका ४८ वर्षीय बुद्धिबहादुर तामाङलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी…
घाउ बल्झाउने काम मात्रै भयोः बेपत्ता परिवार
बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको अवस्थामा सल्यानका बेपत्ता व्यक्तिका परिवारले राज्यले पुरानो घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा राज्य र बिद्रोही माओवादी दुवै पक्षबाट बेपत्ता पारिएका आफन्तहरूले राज्यले पीडितहरूको घाउमा मल्हम लगाउनुको सट्टा घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका हुन् । उनीहरूले…
बेपत्ता पारिएकाहरूको तत्काल स्थिति सार्वजनिक गर्न माग
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका परिवारले आफ्ना बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा राज्यले तत्काल स्थिति सार्वजनिक गर्नु पर्ने माग राखेका छन् । ०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा ६० दिन भित्र जानकारी गराउने राज्यले उल्लेख गरेको भएपनि हालसम्म कुनै जानकारी नदिइएको…
महासन्धि अनुमोदनका लागि हस्ताक्षर अभियान
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) को अवसरमा बलर्पूवक बेपत्ता पारिएका सबै नागरिकहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–२००६ अनुमोदनका लागि राज्यलाई दवाव दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, एमनेष्टी इन्टरनेशनल, नेपाल लयर्स समूह ६९ सुर्खेत र मानव अधिकारका लागि महिला एकल…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई बुटवल उमनपा–११ स्थित ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय तोयाराम पौडेललाई भदौ १३ गते गिरफ्तार गरेको छ । घटनाका विषयमा पीडित बालिकाका बुवाले भदौ १३ गते आरोपितविरूद्ध उजुरी दिएको…
दुनै खानेपानीको ट्याङ्कीमा मानव मलमुत्र !
डोल्पाको सदरमुकाम दुनै बजारस्थित खानेपानीका ट्याङ्कीमा दिसा भेटिएको स्थानीयबासीले जनाएका छन् । दुनै बजार क्षेत्रमा रहेका खानेपानीका ट्याङ्कीमा दिसा र फोहोर भेटिएको स्थानीयबासी ओमेन्द्र केसीले बताए । खानेपानीका ट्याङ्कीमा फोहोर र दिसा भरिएको भएपनि दुनै खानेपानी उपभोक्ता समिति यस विषयमा जिम्मेवार नदेखिएको स्थानीयको आरोप छ । संविधानको धारा ३५ को…