बालकको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

जलेश्वर नपा-१२ भिट्ठामोड मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जलेश्वर नपा-१ का २८ वर्षीय पप्पु यादव र जलेश्वर नपा-६ का २१ वर्षीय गोविन्द कुमार मिश्रलाई जन्म कैदको फैसला सुनाएको छ । जिल्ला अदालतले वैशाख १५ गते सुनाएको फैसलामा जलेश्वर नपा-८ का २५…

०७४ वैशाख १६ गते  
निर्वाचनमा बाल अधिकार अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड

स्थानीय तहको निर्वाचनमा बाल अधिकार अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला बाल अधिकार अनुगमन समिति काठमाडौँको आयोजनामा वैशाख १५ गते आयोजित निर्वाचनमा बाल अधिकार अनुगमन अभिमूखीकरण कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत घनश्याम तिमल्सिनाले निर्वाचनमा…

०७४ वैशाख १६ गते  
बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको वैशाख १४ गतेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । मगरका अनुसार आरोपित २७ वर्षीया गौरी सदायलाई अदालतले सफाई दिने…

०७४ वैशाख १६ गते  
सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको उजुरी दिएपछि वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबिच छलफल भएको छ । क्षतिपूर्तिस्वरूप सरकारले दिने १० लाख रुपियाँ मृतककी पत्नीले लिने कि मृतकका बुवाआमाले लिने भन्ने विवादले घरेलु…

०७४ वैशाख १६ गते  
वाइसिएल कार्यकर्ताको आक्रमणमा एक जना शिक्षक घाइते

सिस्ने गाउँपालिका-६ का २३ वर्षीय तुफान पौडेललाई एकीकृत नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । स्थानीय छिप्रीदह उमाविका शिक्षक पौडेललाई बिहानको कक्षा पढाएर घर फर्कने क्रममा वाइसिएलका कार्यकर्ता रूपेन्द्र मल्लको नेतृत्वमा आएको टोलीले आक्रमण गर्दा वैशाख १५ गते बिहान गम्भीर…

०७४ वैशाख १६ गते  
निर्वाचनमा भक्तपुरलाई बालबालिका प्रयोग मुक्त बनाइने

जिल्ला बालकल्यण समिति भक्तपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरू हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग निर्वाचनका कुनै पनि गतिविधिमा गर्न नपाइने गरी रोक लगाइएको बताएका छन् । जिल्ला बालकल्याण समितिको आयोजनामा वैशाख १५ गते भक्तपुरमा आयोजित निर्वाचनमा बाल अधिकार अनुगमन तथा विद्यालय शान्ति…

०७४ वैशाख १५ गते  
इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको उद्धार गरेको छ । टोलीले चाँगुनारायण नगरपालिका स्थित दुवाकोटमा रहेको जे.पी., त्रिपुरा सुन्दरीलगायतका चार ओटा भट्टाको अनुगमन गरेको थियो । टोलीले दुवाकोटको जे.वी. इँटा भट्टामा कार्यरत दाङ धनवरी-१ का १३…

०७४ वैशाख १५ गते  
जिल्लाभरी औषधि अभावले सर्वसाधारण मर्कामा

जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद प्रक्रियामा ढिलाई गर्दा आर्थिक वर्षको साढे नौ महिना बित्दासमेत औषधि ल्याउन नसकेपछि जिल्लाभरीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखविहीन हुनु, आफैं खरिद गर्नुपर्ने औषधिसमेत ल्याउन नसक्नु र आपसी विवादले औषधि अभाव भएपछि बिरामीहरू निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य…

०७४ वैशाख १५ गते  
'बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत'

पूर्वप्रमुख निर्वाचन आयुक्तसहितका नागरिक समाजका प्रतिनिधिले एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनबिच नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हुने विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको राससले जनाएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय नीलकण्ठ उप्रेती र सूर्यप्रसाद श्रेष्ठसहितको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर बजेटअघि नै…

०७४ वैशाख १४ गते  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलहरूको प्रतिबद्धता

रोल्पामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचनसँग सम्बन्धीत गतिविधिहरूमा बालबालिका प्रयोग नगर्ने वैशाख १४ गते आयोजित एक कार्यक्रमबिच प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति लिबाङमा गरिएको स्थानीय तहको निर्वाचनमा बाल अधिकार संरक्षण र प्रवर्धनका लागि राजनीतिक दलहरूसँग अन्तरसंवाद कार्यक्रमका सहभागी जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर…

०७४ वैशाख १४ गते