तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तीन महिना अघि अमानवीय व्यवहार गरेका थिए । असुरक्षाको कारण देखाउँदै पीडित डक्टर विभागमा काज बसेपछि तीन महिनादेखि जिल्ला अस्पताल डक्टरविहीन भएको हो ।…

०७४ चैत १९ गते  
पीडित पक्षलाई दबावमा मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा

सुस्तमनस्थितिकी २१ वर्षीया महिलालाई बलात्कार गरिएको घटनालाई रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले चैत १७ गते हस्तक्षेप गरी पीडितसँग उजुरी गर्न लगाई अनुसन्धान सरू गरेको हो । चैत ८ गते खेतमा काम गर्न हिँडेकी महिलालाई रामगोपालपुर नपा-१ बसविट्टीका २५…

०७४ चैत १९ गते  
राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल

राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले बृहद शान्ति सम्झौता अनुसार न्याय तथा परिपूरणको व्यवस्था गर्नु पर्ने बताएका छन् । सिन्धुलीका मानव अधिकारकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरूसँग नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी आगामी कार्यदिशा विषयमा चैत…

०७४ चैत १९ गते  
१४ वर्षीय बालकलाई सेनाले कुटपिट गरेको भन्दै स्थानीय आन्दोलित

भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै बोटे समुदाय आन्दोलित बनेका छन् । चैत १७ गते नदीमा नुहाइरहेका महतोलाई बटुक दल गणका जवानले कुटेको स्थानीयको आरोप छ । घटनाको विरोधमा स्थानीयले पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा चैत १८…

०७४ चैत १९ गते  
जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव

जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका औषधिको अभाव भएको छ । नेपाल सरकारले जाजरकोट जिल्ला अस्पताललाई दुई वर्षअघि १५ शैयाबाट स्तरोन्नती गरी ५० शैयाको बनाइए पनि औषधि अभाव र चिकित्सक नहुँदा उपचार सेवामा सुधार हुन सकेको…

०७४ चैत १९ गते  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको कसुरदार ठहर गर्दै एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलाशले चैत १७ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटका श्रेस्तेदार शाखा…

०७४ चैत १९ गते  
अदालत परिसरबाटै पाँच जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुन व्यवसायीको जिम्मा रहनेगरी सुनसरी जिल्ला अदालतले रिहा गरे लगत्तै उनीहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो । न्यायाधीश विनोदकुमार गौतमको इजलासले गिरफ्तार गरिएका ६ जनामा नन्दु थापा…

०७४ चैत १९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ गिठेपानीका १८ वर्षीय विशाल बुढालाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको थियो । आरोपित बुढालाई गिरफ्तार गरिएको र उनीसँगै रहेका…

०७४ चैत १९ गते  
गाउँपालिकामा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा

पूर्वी रूकुमको पुथाउत्तरगङ्गा गाउँपालिका कार्यालय र अन्तर्गतका १४ वटै वडा कार्यालय कर्मचारीविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावत र लेखापाल रूकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको कार्यालयमै बस्ने गरेको र अन्य वडामा पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गाउँपालिकाका १४ वटा वडा…

०७४ चैत १८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी नपा-५ का ४१ वर्षीय टेकबहादुर लिम्बूलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

०७४ चैत १८ गते