बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२  भटौलियाका ३० वर्षीय भरत चौधरीलाई  साउन २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  साउन १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही  दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी  दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको स्वास्थ्य…

०७७ साउन २० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्गलाका २० वर्षीय मनोज बस्नेतलाई साउन १८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

०७७ साउन २० गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका कार्यकर्ता शैल्यशिखर नगरपालिका–९ का विष्णुराज लेखकलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामधनी विष्टले प्रयोग गर्दै आएको सरकारी मोटर साइकलमा साउन ८ गते आगजानी गर्ने कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा लेखकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर…

०७७ साउन २० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय ठाकुरकान्त रानाभाटलाई जिल्ला प्रहरी कार्यालय गोरखाले साउन १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १९ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका…

०७७ साउन २०  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १९ गते)

साउन १९ गते ४ सय १८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १९ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार ९ सय ६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १९ गते ३ सय…

०७७ साउन १९ गते  
कथित बोक्सीकाे आरोपमा दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

मर्स्याङ्दी गाउँपालिका–८ की २७ वर्षीया विष्णुमाया तामाङलाई कथित बोक्सी भनेर दुर्व्यवहार गरेकाे आरोपमा चार जनालाई  साउन १८ गते जिल्ला प्रहरी कार्यालय लमजुङले गिरफ्तार गरेको  छ । पीडितले २८ वर्षीया जेठानी आशकुमारी तामाङलाई बोक्सी लगाएर बिरामी बनाइदिएको र धामी झाँक्री लगाएर आफन्तले नै कथित बोक्सी हाे भनी साउन १७ गते आरोप लगाएपछि…

०७७ साउन १९ गते  
कुटपिट घटनाका आरोपित जनप्रतिनिधि गिरफ्तार

साल्पासिलिछो गाउँपालिका–१ का ७५ वर्षीय ज्येष्ठ नागरिक अर्जुनजङ्ग कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही वडाका वडाध्यक्षलाई साउन १९ गते गिरफ्तार गरेको छ । आरोपित जनप्रतिनिधिले साउन १८ गते ज्येष्ठ नागरिक कार्कीलाई छाती,हात र गोडामा मुक्काले हिर्काएर घाइते बनाएको आरोपमा पीडितकी पत्नी इन्दिरा कार्कीले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको इलाका प्रहरी…

०७७ साउन १९ गते  
सामाजिक बहिष्कार र दुर्व्यवहार घटनाका आरोपितविरूद्ध इन्सेकको पहलमा उजुरी दर्ता

सुवर्ण गाउँपालिका–६ धरमपुर गाउँका ३२ वर्षीय ओमप्रकाशप्रसाद यादव, उहाँकी २६ वर्षीया पत्नी सुमित्रादेवी यादवलगायतलाई सामाजिक बहिष्कार गर्दै दुर्व्यवहार गरेको आरोपमा चार जनाविरूद्ध साउन १८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । इन्सेक प्रतिनिधिको सहयोगमा पीडित पक्षले दिएको उजुरीमा पाँच वर्षीया छोरी अनु यादव, ४६ वर्षीया आमा विन्दा देवी अहिरीन, २९…

०७७ साउन १९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित कर्जन्हा नपा–१ का २३ वर्षीय आशिष मिरदाहालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले साउन १७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित बालिकाकी आमाले साउन १३ गते उजुरी दिनु भएको थियो । इलाका…

०७७ साउन १८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका–२ दसौता बस्ने १९ वर्षीय रुपेश कुशवाहालाई साउन १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ललाइफकाई ओरिया खोलाको बाँध नजिकै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । साउन १७ गते  बिहान खाना खाने बेलामा घरमा छोरी खोज्दा नभेटिएको र खोज्दै…

०७७ साउन १८ गते