शुद्ध खानेपानीको पहुँचबाट वन्चित भएको स्थानीयको गुनासो
जिल्लाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयहरुले आफूहरु शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् । सुख्खायाम सुरु भएसँगै समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्दै गएको र समस्या समाधानका लागि अन्य वैकल्पिक उपाय नभएपछि स्थानीयहरुलाई खानेपानीको चरम अभाव भएको हो । लेकम गाउँपालिका–२ कुणीमा १२ किलोमिटर टाढा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ र १५ वर्षीया बालिकाहरुलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन इच्छाकामना गाउँपालिका– १ का २२ वर्षीय सिद्धलाल चेपाङ, भिरकोट नगरपालिका–७ का गुप्तबहादुर गोदार र एक १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित १५ वर्षीया बालिकालाई ०७७ चैत २६ गते र १३ वर्षीया बालिकालाई चैत ३० गते बलात्कार गरेको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका–४ का १९ वर्षीय सुमन तामाङलाई प्रहरीले ०७८ वैशाख १ गते बेलुका गिरफ्तार गरेको छ । आरोपितले ०७७ चैत २९ गते घर नजिक सडकमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितले ०७७ चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा तामाङविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा– १४, डिगोलका २५ वर्षीय समु यादव र २८ वर्षीय छोटु मुशलमानलाई वैशाख १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले चैत ३० गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका – ६ घर भई हाल नेपालगञ्ज उपमनपा–१२ कोरीयनपुर बस्ने २८ वर्षीय सुरज बुढालाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७७ मङसिरदेखि बलात्कार गर्दै आएको र अन्तिम पटक फागुन १७ गते बलात्कार गरेको…
बलात्कार घटनाका कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–८ का २१ वर्षीय मोहमद अख्तरलाई जिल्ला अदालतले ०७७ चैत ३० गते ६ महिना कैद तथा ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७७ असोज २४ गते बलात्कार…
बलात्कारका घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा दोलखा जिल्ला जिरी नगरपालिका–२ घर भइ हाल मन्थली नगरपालिका–१ मा बस्ने २५ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले ०७७ चैत ३१ गते मन्थलीबाट गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले चैत ३१ गते बलात्कार गरेको भन्दै आरोपित बिकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५६ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुला जिल्ला मालिका अर्जून गाउँपालिका– ३ का ४० वर्षीय तारासिं धामीलाई प्रहरीले चैत ३० गते नमोबुद्ध नगरपालिका–७ भकुण्डे बजारबाट गिरफ्तार गरेको छ । बलात्कार प्रयासको घटनाबाट घाइते भएकी पीडितको उपचार चैत २६ गतेदेखि काठमाडौँको जोरपाटीस्थित सुस्मा मेमोरियल अस्पतालमा भइरहेको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १ गते)
वैशाख १ गते ५ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार २ सय ८९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४…
इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त
इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको सडक दुर्घटनामा ०७७ चैत ३१ गते मृत्यु भएको घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेकले नियामक निकायसँग जोडदार माग गरेको छ । विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी पौडेलको मृत्यु भएको खबरले दुःखी बनाएको इन्सेकले जनाएको छ । इन्सेक…