बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर गाविस-९ रातामाटाका १८ वर्षीय विपाली विकलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित विकले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा साउन…

०७३ भदौ २ गते  
जीवनको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भदौ १ गते एक विज्ञप्ति जारी गरी सडक दुर्घटनातर्फसचेत भई जीवनको अधिकार सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ । देशभरिमा गत साउन महिनामा मात्रै धनकुटा, काभ्रे, सुर्खेत, मकवानपुर, बैतडीलगायतका जिल्लाहरूमा भएका सडक दुर्घटनाबाट १ सय भन्दा बढीको मृत्यु तथा २ सय ५…

०७३ भदौ २ गते  
मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला

२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नारायण सुवेदीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । युवतीलाई…

०७३ भदौ २ गते  
पत्नीको हत्या गरी विष सेवन गरेको आरोप

स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको हाल अदालतमा सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको सोनमका मामा राजेन्द्र शर्माले बताए । अदालतमा मुद्दा दायर भएपछि अलग अलग…

०७३ भदौ १ गते  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल मनोज आचार्यले बताए । पीडित २५ वर्षीया…

०७३ भदौ १ गते  
समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात

समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात गरेको पीडितले बताए । भदौ १ गतेको कान्तिपुरको चार नम्बर पृष्ठमा बाबा गणपति कन्ट्रक्सन फुलकहाकट्टलिे पशु सेवा केन्द्र भगवानपुरको भवन…

०७३ भदौ १ गते  
यातना दिएको आरोपमा शिक्षक गिरफ्तार

एक १२ वर्षीया बालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४२ वर्षीय शिक्षक इन्द्रवीर प्रधानलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आरोपित शिक्षकले यौनजन्य हिंसा गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापकलाई मौखिक उजुरी दिएकी थिइन् । प्रधानाध्यापकलाई उजुरी गरेको भन्दै आरोपित शिक्षकले साथीहरूका बीचमा कुटपिट गरेपछि पीडित…

०७३ भदौ १ गते   
बलात्कार गरेको ठहर गर्दै १३ वर्षकैद फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले साउन ३२ गते उक्त फैसला गरेको हो । अदालतले सारुमगरलाई बलात्कारको आरोपमा आठ तथा बालिका सुस्त मनस्थितिकी…

०७३ भदौ १ गते  
गङगामाया अधिकारीको जीवन रक्षाको मागगदै वीर अस्पताल अगाडि धर्ना

मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा साउन ३२ गते दिइएको उक्त धर्नाका सहभागीहरूले तत्काल कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई अनुसन्धानको दायरामा ल्याउन र गङ्गामायाको…

०७३ साउन ३२ गते  
द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई ५ लाख रुपियाँ दिने सरकारको निर्णय

सरकारले पूर्व घोषणा गरे बमोजिम द्वन्द्वकालमा मारिएका र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई ५/५ लाख रुपियाँ दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सहिद एवम् बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूसँग साउन ३२ गते भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को साउन २० गतेको बैठकले घोषणा गरे बमोजिम सरकारले सहिद एवम्…

०७३ साउन ३२ गते