यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा असोज २ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए…
संविधान दिवसको अवसरमा विविध कार्यक्रम
कार्यान्वयनमा लाग्न राष्ट्रपतिको आह्वान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेर लोकतन्त्रको जगेर्ना गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा असोज २ गते शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् । इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार उनले द्वन्द्व र…
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनकुटा नपा–७ का सुमन श्रेष्ठविरुद्ध प्रहरीले असोज २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित युवतीले भदौ २९ गते बलात्कार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई भदौ ३० गते घरैबाट गिरफ्तार गरी असोज २ गते मुद्दा…
कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले…
गङ्गामायाको बयान लिन सुरु
सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गङ्गामाया अधिकारीसँग जिल्ला अदालत चितवनले असोज २ गते बयान लिन सुरु गरेको छ । चितवन जिल्ला अदालतबाट काठमाडौँ आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गङ्गामायाको बयान लिएका हुन् । बिहान ११ बजेबाट…
आठ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको क्षेत्रीय सम्मेलन सम्पन्न
मानव अधिकार रक्षकहरूको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्मेलन मानव अधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्ने, उनीहरूको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, मानव अधिकार रक्षकहरूको अधिकारसम्बन्धी ऐन बनाएर तत्काल लागु गर्न माग गर्नेलगायतका आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । अनौपचारिक…
कुटपिट गरेको आरोपमा पति गिरफ्तार
चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २९ गते काठको डण्डीले कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
शैक्षिक सत्र सुरू भएको पाँच महिना सकिँदासम्म पनि पाठ्यपुस्तक अभाव
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । रोल्पाको अरेस गाविस–५ स्थित अरेस माविमा कक्षा ९ को भूगोल विषयको पाठ्यपुस्तक भदौ ३० गतेसम्म पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न पाएका छैनन् । हालसम्म पुस्तक…
घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग
ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ । पीडत परिवारले भदौ ३१ गतेसम्म पनि घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा आफूहरू झन् पीडामा परेको बताउँदै अपराधी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न सरकारसमक्ष माग…
बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन्…