राजनीतिक दलका कार्यकर्ताको दबाबमा बलात्कार घटनाका आरोपित छुटाइयो

४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरी हिरासतमा रहेका सुउँ गाविस-२ का ३७ वर्षीय कालीबहादुर रोकायलाई नेपाली काङ्ग्रेस र एमाले पार्टीको स्थानीय कार्यकर्ताको दबाबमा साउन २१ गते प्रहरी हिरासतबाटै छाड्नु परेको प्रहरीले जनाएको छ । पहिला बलात्कार गरेको उजुरी परेपनि साउन २१ गते पीडितले आफूलाई अभद्र व्यवहार गरेको र…

०७३ साउन २३ गते  
पहिल्यै रकम पाएकालाई पैसा उपलब्ध गराउने आशयको सरकारको निर्णय

मन्त्रिपरिषदको साउन २१ गते बसेको बैठकले तराई मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई जनही १० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर, अधिकांश त्यस्ता परिवार र घाइतेलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारकै पालामा करोडौं रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ ।   गृह मन्त्रालयका अधिकारीका अनुसार मधेस, थरुहट तथा…

०७३ साउन २२ गते  
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बन्दी, बसोबासमा समस्या

मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहँदा बसोबासमा समस्या भएको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रका १५ ओटा कारागारहरूको क्षमता ८ सय २० रहेपनि अहिले ती कारागारहरूमा २ हजार ५ सय कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा २५/३०…

०७३ साउन २१ गते  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका…

०७३ साउन २१ गते  
पश्चिमाञ्चल क्षेत्रमा सङ्क्रमणकालीन न्यायका संयन्त्रमा १० हजार ३ सय ७४ उजुरी दर्ता

स्थानीय शान्ति समितिको कार्यालयमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाबाट १० हजार ३ सय ७४ ओटा उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणमा उल्लेख छ ।   इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार स्थानीय शान्ति समितिको कार्यालय पोखरामा सत्य निरूपण…

०७३ साउन ८ गते  
द्वन्द्व पीडितका उजुरीहरूको प्रारम्भिक छानबिन सुरूः सदस्य सुवेदी

सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेका उजुरीहरूको प्रारम्भिक छानबिन सुरू भइसकेको सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताएका छन् ।   बर्दिया नागरिक समाज सञ्जालको आयोजनामा साउन ७ गते गुलरियामा आयोजित उजुरी छानबिन प्रक्रियामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सदस्य सुवेदीले उक्त कुरा बताएका हुन् ।   आयोगमा परेका…

०७३ साउन ८ गते  
समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की

स्युना गाविस-८ निवासी रेडियो कर्णाली र पाइला सप्ताहिकमा कार्यरत पत्रकार ३४ वर्षीय रत्न कार्कीलाई साउन ५ गते ओदानकु गाविस-६ निवासी अनेरास्ववियू (क्रा.) का केन्द्रीय सदस्य ३२ वर्षीय खेमबहादुर सिंहले पार्टीको हित विपरित समाचार लेखेको आरोपमा मार्ने धम्की दिएको पीडितले आरोप लगाए ।   कालिकोटबाट प्रकाशित हुने कर्णाली पाइलाको रैवार स्तम्भमा…

०७३ साउन ८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बोल्न नजान्ने १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धनगढी गाविस-८ का ४० वर्षीय विश्वम्भर चौधरीलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ ।   पीडितलाई असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा उनका अभिभावकले साउन ५ गते दिएको उजुरीका आधारमा आरोपितलाई कञ्चनरुप नपाबाट…

०७३ साउन ८ गते  
डा. केसीको अनसनप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा सञ्जाल, इन्सेकलगायतका संघसंस्थाले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्न माग गर्दै १४ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको मागको सम्बोधन गर्न माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 'चिकित्सा क्षेत्रको सुधारका लागि विगतमा भएका प्रतिबद्धताहरूको कार्यान्वयनसहित…

०७३ साउन ८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१ भैंसीपङ्खाका ३३ वर्षीय हर्कपाल विकलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ३० गते बलात्कार गरेको भनी सोही दिन प्रहरीमा उजुरी दिइएको थियो । उजुरीपछि फरार रहेका हर्कपाललाई विशेष सुराकीको आधारमा घरैदेखि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…

०७३ साउन ७ गते