बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको कसुरमा काभ्रे-७ का ३८ वर्षीय यमलाल जिसी र उनकी कान्छी पत्नी त्रिपुर नपा-२ की २५ वर्षीया अस्मिता वलीलाई जिल्ला अदालतले जनही एक/एक वर्षकैद तथा ५/५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले फागुन १७ गते जिसी र वलीलाई एक वर्षकैद…

०७३ फागुन १८ गते   
स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता

निर्वाचन आयोगले अगामी वैशाख ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता, २०७३ जारी गरेको छ । आयोगले फागुन १८ गते एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्री, कर्मचारी, सार्वजानिक पद धारण गरेका व्यक्ति, राजनीतिक दल, गैरसरकारी संस्थालगायतलाई आजैबाट लागु हुने गरी र उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएपछि…

०७३ फागुन १८ गते  
स्ववियु निर्वाचनको विषयलाई लिएर झडप, तोडफोड तथा आगजनी

स्ववियु निर्वाचनको विषयलाई लिएर विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूबिच फागुन १८ गते झडप हुनुका साथै आगजनी तथा तोडफोडका घटना भएको मध्यमाञ्चल क्षेत्र अन्तर्गका धादिङ र चितवन जिल्ला प्रतिनिधिहरूले बताएका छन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियु कार्यकर्ताबिच आज धादिङको बेनिघाट गाविस-१ मलेखुमा झडप हुँदा…

०७३ फागुन १८ गते  
विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर…

०७३ फागुन १८ गते  
विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । विद्यालय अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयबासी आतङ्कित भएका छन् । विद्यालयका कर्मचारीले एका बिहानै रातो…

०७३ फागुन १८ गते  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकार्सइ मनोज पाण्डेले जानकारी दिए…

०७३ फागुन १८ गते  
पूर्व मन्त्री सांसद पौडेलमाथि आक्रमण प्रयास

व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलमाथि माओवादी केन्द्र समर्थकहरूले आक्रमण प्रयाससँगै दुर्व्यवहार गरेका छन् । सांसद पौडेलले मन्तव्य राख्दै गर्दा केही…

०७३ फागुन १७ गते  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जिल्ला कारागार प्यूठानको फागुन १७ गते अनुगमन गरेको छ । जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले अनुगमन गरेको हो । राणाकालमा स्थापना भएको घोडा बाँध्ने तवेलामा अवस्थित 'घ' श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा समस्या भएको…

०७३ फागुन १७ गते  
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा पुनः उजुरी माग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुन उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा फागुन १५ गते बसेको पदाधिकारहरूको बैठकले छुट भएका पीडित परिवारसँग उजुरी माग्ने निर्णय गरेको हो । पीडितहरूको मागका आधारमा आयोगले चैत १५ गतेसम्म स्थानीय शान्ति समितिको कार्यालयबाट उजुरी लिने व्यवस्था गरेको हो । आयोगले…

०७३ फागुन १७ गते  
निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा बालिग नागरिकलाई अपिल गरेका छन् । देशबासीका नाममा फागुन १७ गते सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते तय गरिएको निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबै राजनीतिक दल र बालिग नागरिकलाई अपिल गरेका हुन् । प्रधानमन्त्री दाहालले सरकार…

०७३ फागुन १७ गते