कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २९ गते)
नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ६०.७ प्रतिशत सङ्क्रमित उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २९ गते जारी गरेको प्रतिवेदनका अनुसार १० हजार २ सय ९४ जना सङ्क्रमित निको भएका हुन् । नेपालमा १६ हजार ९ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । असार २९ गते १ सय ४४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये ६ हजार ६ सय १३ जनाको उपचार भइरहेको छ । ३८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरू २४ जिल्लाका छन् ।
कोरोनाका कारण मृत्यु भएका सङ्ख्या र जिल्ला
क्रसं जिल्ला सङ्क्रमित डिस्चार्ज मृत्यु
१ रौतहट १४६८ ६१३ १
२ कैलाली ९०९ १०१ ४
३ दैलेख ८१४ ७२५ १
४ दाङ ६४८ ३१२ १
५ अछाम ६२५ १६४ १
६ बाजुरा ६१६ २ १
७ पाल्पा ५५४ ४३ १
८ सुर्खेत ४५८ ३२८ २
९ बाँके ३९२ ३७९ २
१० गुल्मी ३५९ १४८ ३
११ अर्घाखाँची ३३९ १३८ २
१२ रुपन्देही ३२१ २५८ १
१३ काठमाडौं २२६ ५६ ३
१४ बागलुङ २१९ ८९ १
१५ स्याङ्जा २०७ ५८ २
१६ पर्सा २०२ १६८ १
१७ बारा १२९ ११६ २
१८ गोरखा ११४ २९ १
१९ चितवन १०३ ३९ २
२० ललितपुर ६९ ५ १
२१ सिन्धुपाल्चोक ६२ ३१ २
२२ म्याग्दी २६ १० १
२३ दोलखा ९ ४ १
२४ डोल्पा ५ ० १
गण्डकी प्रदेश
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराले असार २९ गते पोखरा महानगरपालिका–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार गलकोट नगरपालिका–५ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले कोरोना नियन्त्रण गर्न ध्यान नदिएको र विदेशबाट आएकालाई व्यवस्थापन नगरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । वडा अध्यक्षलगायत अन्य पदाधिकारीले वडावासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय विपिन श्रीसले बताउनुभयो । वडा कार्यालयले विदेशबाट आएका नागरिकहरूको व्यवस्थापन नगरेको र उनीहरूमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय आक्रोशित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेको श्रीसको भनाइ छ । वडा अध्यक्ष नारायणध्वज मल्लले तीन दिन अगाडि एक जना युवती दुवईबाट आएर होम क्वारेण्टाइनमा बसेको र उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय आक्रोशित भएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २९ गते पाटन नगरपालिकास्तरीय मानव अधिकार समूहमार्फत स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । मानव अधिकार समूहका अध्यक्ष कृष्णसिंह महरालगायतको समूहले पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र उपप्रमुख सरस्वती कोलीलाई मेडिकल मास्क, साबुन, डिस्पोजल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताउनु भयो । इन्सेकले सहयोग गरेको स्वास्थ्य सामग्रीले नगरपालिकालाई राहत मिलेको र मानव अधिकार संरक्षण र संवद्र्धनमा आगामी दिनमा पनि इन्सेकसँग नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख केशवबहादुर चन्दले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…