प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ माघ ६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता सल्यान जिल्ला कपुरकोट गाउँपालिका–७ का २७ वर्षीय मदन चन्दलाई प्रहरीले माघ ४ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।

प्रहरीको विशेष ब्युरोले चन्दलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी प्रमिश विष्टले बताउनुभयो ।

विष्टका अनुसार प्रतिबन्धित गतिविधिमा संलग्न भएको आरोपमा चन्दलाई प्रहरीले गोगँबु चोकमा रहेको रेड चिल्ली क्याफेबाट गिरफ्तार गरेको हो ।

चन्दको माघ ४ गते नै वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।


विमला पौडेल