प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले काठमाडौँबाट पुस २२ गते गिरफ्तार गरेको छ ।
नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी मकवानपुर जिल्ला बाग्मती गाउँपालिका–५ घर भएका ४० वर्षीय विपिन भनिने भीमसेन घिमिरे, ठेगाना नखुलेका काठमाडौँ जिल्ला सदस्य ३७ वर्षीय हरिबहादुर चन्द र दैलेख जिल्ला आठवीस नगरपालिका–३ घर भएका वीरेन्द्र शाही रहेका छन् ।
उनीहरूलाई प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमिश विष्टले बताउनु भयो ।
डिएसपी प्रमिश विष्टका अनुसार तीनै जनाको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरी काठमाडौँ प्रहरी परिसर, टेकुले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…