यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस ५ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१० ढुङ्गानाचोकका ४३ वर्षीय हिमाल आचार्यललाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका अभिभावले आरोपित ढुङ्गानाले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते भरतपुर अस्पतालमा गरिएको छ ।


दिपेन्द्र अधिकारी