बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७७ असोज १३ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बैतेश्वर गाउँपिलका-४ का ५२ वर्षीय यज्ञप्रसाद लामिछानेविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ११ गते दिएको उजुरी असोज १२ गते दर्ता गरिएको सो कार्यालयका  इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भएको छ ।

पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित महिलाले असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्  ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।


उद्धव पोखरेल