प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असार २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठनका सुर्खेत जिल्ला इन्चार्ज चौकुने गाउँपालिका-९ बस्ने ३२ वर्षीय शिखर परियार (हिमशिखर)लाई प्रहरीले असार २५ गते वीरेन्द्रनगर नपा-१० पिपिराबाट गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको भेरी कर्णाली सदस्य समेत रहेका परियारलाई प्रहरीले गिरफ्तार पश्चात् जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


दुर्गा थापा