कोभिड-१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २१ गते)
असोज २१ गते ३ हजार ४ सय ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९४ हजार २ सय ५३ पुगेको छ । गत २४ घण्टामा १४ हजार २ सय ९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २१ गतेसम्म ५ सय ७८ जना कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएका छन् । असोज २१ गते १ हजार १ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ७२.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २५ हजार ७ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १४ हजार ४ सय ११ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ३३ जनाको उपचार आइसीयूमा र ३७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार थप उपचारका लागि रेफर गरिएका बिरामीमा कोभिड-१९ को सङक्रमण पुष्टि भएपछि कटारी अस्पतालले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । असोज २० गते सूचना जारी गर्दै असोज २१ गतेदेखि अस्पतालले आकस्मिक बाहेकका सवै सेवा बन्द गरेको हो । अस्पतालका डाक्टर मुकलेस माधवीका अनुसार असोज १२ गते उपचारमा आएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौँस्थित टिचिङ हस्पिटलमा रेफर गरिएकोमा रिपोर्ट पोजेटिभ देखिएपछि अर्को सूचना जारी नहुञ्जेलसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार खडक नगरपालिकाका एक कर्मचारीमा असोज २१ गते कोभिड- १९ को सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्यहरू एक सप्ताहका लागि पूर्ण रूपमा बन्द गरिएको नगर प्रमुख हेमायु हकले असोज २१ गते विज्ञप्ति जारी गरी जानकारी गराउनु भयो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्यकर्मी नै कोभिड- १९ सङ्क्रमित भएपछि र सङ्क्रमण सर्ने डरले बिरामी नहेर्ने समस्या बढेपछि उपचार सेवा प्रभावित बनेको छ । जनशक्ति अभावले सेवा प्रभावित रहेको अस्पतालमा उपचार गर्न स्वास्थ्यकर्मी झर्को मान्ने र चिकित्सकहरू क्लिनिकमुखी हुँदा अस्पतालको गुणस्तर खस्केको भन्दै स्थानीय युवाहरूले असोज २१ गते गुनासो गरेका छन् । सरकार र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई बेवास्ता गरी क्लिनिक सञ्चालन गरेको भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झा विरुद्ध युवाहरूको एक समूहले नाराबाजी समेत गरेका छन् । आफू निमित्त मे.सु. हुनुभन्दा अघिदेखि नै अस्पतालमा रहेका केही समस्या समाधान गर्न खोज्दा असर बाहिर देखिएको भन्दै डाक्टर झाले अधिकांश समय अस्पतालमै बित्ने गरेको बताउनु भयो । कार्यालय सञ्चालन, व्यवस्थापन र कोभिड-१९ रोकथाम-नियन्त्रणको काम पनि गर्नु परेकोले हमेशा ओपिडीमा खोज्दा नभेटिनु स्वभाविक भएको भन्दै डाक्टर झाले युवाहरूको आरोपमा सत्यता नरहेको बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार धनगढीमाई नगरपालिकाका चार जना कर्मचारीहरूमा कोभिड- १९ को सङ्क्रमण देखिएकोले असोज १९ गतेदेखि असोज २३ गतेसम्मका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने अति आवश्यक बाहेक सबै सेवाहरू बन्द गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश यौन्जनले बताउनु भयो । असोज १४ गतेसम्म चार जनामा कोभिड- १९ सङ्क्रमण देखिएपछि असोज १८ गते कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्दा चार जना कर्मचारीहरूमा सङ्क्रमण देखिएकोले सर्वसाधारण देखिएकोले कर्मचारीको सुरक्षालाई ध्यानमा राखी सेवा १ देखि १४ वडासम्म र कार्यालयको अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गरिएको नगरपालिकाका प्रवक्ता योन्जनले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला अदालत सुर्खेतमा कार्यरत एक महिला र चारजना पुरुष कर्मचारीलाई कोभिड-१९ पुष्टि भएपछि अत्यावश्यक बाहेक असोज २० गतेदेखि असोज २७ गतेसम्म अदालतको सबै सेवा बन्द गरिएको छ । अर्को सूचनाजारी नभएसम्मका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन, मुलुकी फौजदारी कार्यविधी संहिताको दफा १५५ को सुविधा, बालगृहमा रहेका बालबालिकाहरूको निवेदन, अभियोग पत्र दर्ता, थुनछेकको आदेश, म्यादथप, थुनुवा र पक्राउ पुर्जी जारी गर्ने लगायतका सेवा बाहेक अन्य सेवा बन्द हुने अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि असोज २१ गतेदेखि नगरपालिकाको कार्यालय सील गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठित स्थानीय निर्देशक तथा सहजिकरण समितिको असोज २१ गते बसेको आकस्मिक बैठकले अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाको कार्यालय र कार्यालयबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन सशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…