६ जनामा दादुरा देखिएपछि प्रदेश सरकारद्वारा दादुरा महामारी घोषणा
उर्लावारी नगरपालिका– ३ मङ्गलबारेमा दादुराको महामारी देखिएको छ । मङ्गलबारे क्षेत्रमा ६ जनामा दादुरा सङ्क्रमणको पुष्टी भएको प्रदेश क्षेत्रीय खोप निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले –३ मा दादुरा महामारी भएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय र उर्लावारी नगरपालिकालाई जानकारी गराएको छ । ०७७ वैशाख १ गते एक जनामा दादुरा सङ्क्रमणको आशङ्का भएपछि परीक्षण गर्दा दादुरा पोजेटिभ देखिएको थियो ।
वैशाख १६ गते दोस्रो पटक परीक्षण गर्दा थप एक जनामा सङ्क्रमण देखिएको थियो । खोप निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठको टोलीले नमूना परीक्षण गर्दा थप ६ जनामा दादुरा देखिएको पुष्टी भएपछि वडा – ३ मङ्कलबारेलाई प्रदेश सरकारले दादुरा महामारी क्षेत्र घोषणा गरेको छ ।
उर्लावारी नगरपालिकाले ज्वरो आउने, रूघाखोकी लाग्ने र शरीरमा बिमिरा निस्कने जस्ता लक्षण तथा चिन्हृ देखा परे तुरून्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले दादुराको नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिएको बताउनुभयो ।
दादुराका लक्षण देखिएका बिरामीहरूलाई मङ्गलबारे अस्पताल वा अन्य कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मङ्गलबारे अस्पतालका प्रमुख डा. योगेश मण्डलले आग्रह गर्नुभएको छ ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…