२४ प्रतिशत बालबालिका दादुरा रुबेला खोपबाट बञ्चित

  ०७६ फागनु ३० गते

काभ्रेमा २४ प्रतिशत बालबालिका दादुरा–रुबेला खोपबाट बञ्चित भएका छन् ।

बालबालिकालाई नौ महिनामा लगाइने पहिलो मात्राको दादुरा रुबेला खोप जिल्लाका २४ प्रतिशत बालबालिकाले नलगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनु भयो ।

photo20200313Kave

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ५ वर्षमुनि उमेरका ३१ हजार ७ सय ९२ जना बालबालिका रहेका छन् । जसमध्ये ७ हजार ६ सय ३० जना दादुरा रुबेला खोपबाट बञ्चित भएका हुन ।

स्वास्थ्य कार्यालयका अनुसार महाभारतका ३९, खानीखोलाका ४४, चौरीदेउरालीका ५३, बेथानचोकका ७८ भुम्लुका ५८, रोशीका ५७ र तेमाल गाउँपालिकामा ८४ बालबालिकाले मात्रै खोप लिएका छन् । यसैगरी बनेपाका १ सय, धुलिखेलका ९४ मण्डनमा ८३, पनौतीमा ७३ पाँचखालमा ७३ नमोबुद्धमा ५६ बालबालिकाले मात्रै दादुरा रुबेला खोप लिएका छन् ।

आन्तरिक बसाईसराइ हुनु, इँटा भट्टामा  काम  गर्न जाने परिवारका बालबालिलाई खोपको चासो नदिइनु जस्ता कारणले बालबालिका खोपबाट बञ्चित भएको डाक्टर झाले बताउनु भयो । ‘खोप नलगाउँदा बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता निकै कम हुने गरेको छ’ डाक्टर झाले भन्नुभयो ।


हिरामान वाइवा