१८ दिनदेखि नगर र वडाका सेवा बन्द हुँदा स्थानीयलाई सास्ती !
पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् ।
माघ २३ गतेदेखि बन्द नगरका सम्पूर्ण सेवा हालसम्म पनि सुचारू हुन नसक्दा स्थानीय सेवाबाट बिमुख भएका हुन् ।
नगर कार्यपालिकाले माघ २३ को बैठकमा वडा अध्यक्ष पदमबहादुर धामीको हत्यारा पत्ता नलाग्दासम्म नगरका सबै सेवा अनिश्चितकालिन बन्दको निर्णय गरेको थियो ।
नगरपालिका कार्यालय र नौ ओटै वडाहरू पूर्णरूपमा बन्द हुँदा सेवाग्राहीका अत्यावश्यक सिफारिस, प्रदेशको समपूरक र विशेष योजनाको अवधि समाप्त भइसक्दा समेत योजना सिफारिस गर्न नपाइएको बताइएको छ ।
बन्दका कारण तथ्याङ्क प्रविष्टी, नगरपालिकाका योजना तथा विकास निर्माणका कामको सम्झौतासँगै भुक्तानीका काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बताउनु भयो ।
वडाको सेवा लिन एक दिनमा १० जनाभन्दा बढीले फोन नै गर्ने गरेको उक्त नगरपालिका–३ का वडा अध्यक्ष सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
‘अब केही दिनमा हुन्छ भनेर टार्ने काम भएको छ । नगरको निर्णय मान्नै प¥यो ।’–वडा अध्यक्ष शाहीले भन्नु भयो ।
मृतकका आफन्तको दबाबमा नगरका काम बन्द गरिएकोले उनीहरूसँग समन्वय गरेर नगरको काम सुचारु गर्न पहल गरिने काठमाडौँमा रहनुभएका नगरप्रमुख देवराज देवकोटाले जानकारी दिनु भयो ।
‘केही दिनमा अछाम आएर नगर बन्द खुलाउने पहल गर्छु ।’–देवकोटाले भन्नुभयो । कार्यपालिकाबाटै नगरका सबै काम बन्द गर्ने निर्णय भएकाले कार्यपालिकाकै बैठकले निर्णय गर्नुपर्ने भएको प्रशासकीय अधिकृत माझीको भनाइ छ ।
सीआइबी, तालिमप्राप्त कुकुर र अछाम प्रहरीको टोलीले घटनाका बारेमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताउनु भयो ।
सोही नगरपालिका–२ स्थित गैरीगाउँमा छिमेकीको भैँसीगोठमा वडा अध्यक्ष धामीको शव माघ २१ गते बिहान फेला परेको थियो ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…