१७ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

  ०७३ साउन २८ गते

१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला युवा समिति सिरहाको आयोजना र इन्सेक, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, दलित जनकल्याण युवा क्लब, ओरेक, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, इह्रिकन, मुक्ति नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, कृयाशिल महिला पत्रकार सिरहाको समन्वयमा विविध कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उल्लेखित संघसंस्था, प्रहरी तथा नागरिक समाजको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो । यसका साथै लागुऔषध दुर्व्यसन तथा दाइजोविरुद्ध सडक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

उक्त अवसरमा आयोजित अर्न्तकृया कार्यक्रममा न्याधीश चन्द्रमणी ज्ञवालीले युवा समितिले सिपमूलक कार्यक्रमहरू गरी बेरोजगारी समस्या न्यूनीकरणमा जोड दिएर युवालाई विदेश पलायन हुनबाट जोगाउन लागिपर्नुपर्ने बताए ।

Photo20160812Siraha Photo20160812Siraha1


दुर्गा परियार