१४ वर्षीय बालकको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला
पाल्पा स्थायी घर भई पोखरा मनपा–६ लेकसाइड बस्दै आएका १४ वर्षीय बालक सचिन सिञ्जालीको घाँटी रेटेर हत्या भएको अवस्थामा माघ २९ गते शव फेला परेको छ ।
सिञ्जालीको शव लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते बिहान फेला परेको थियो । लेकसाइडमा परिवारसँग बस्दै आएका सिञ्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको देखिएको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए ।
घटनास्थल सुरक्षित राखेर हत्यामा संलग्नको खोजी गरिरहेको डिएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको वडा प्रहरी कार्यालय, बैदामले जनाएको छ ।
सुशन घिमिरे
संबंधित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीय अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । राक्सिराङ गाउँपालिका–३ आल्कोट घर भइ हाल मनहरी गाउँपालिका–७ मा बस्दै…
लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट, कार्यालय भवनमा क्षति
लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ । बम विष्फोटबाट कार्यालय भवनको माथिल्लो तलाको झ्याल ढोकामा र छत माथिको जस्तापाताहरूमा क्षति…
स्वास्थ्यकर्मीलाई वडा सचिवमा सरूवा गरेपछि स्वास्थ्य चौकीको सेवा प्रभावित
चौतारा सागाचोकगढी–७ स्थित सानुसिरूवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोहि वडाको सचिवमा सरूवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने सेवा ग्राहीलाई गरिने स्वास्थ्यसेवा प्रवाहमा अवरोध पुगेकोे छ । अहेब…
चार वर्ष देखि टहरोमै कक्षा !
शहीद लखन गाउँपालिका–३ ताक्लुङको सिञ्जाली माविको नयाँ भवन नबन्दा पठनपाठनमा समस्या भएको छ । आर्थिक वर्ष २०६७-०६८ मा उक्त विद्यालय भवन निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । तर, जिम्मा…