११ जना सडक बालबालिकाको उद्धार

  ०७७ असार २२ गते

काठमाडौँ महानगरपालिका–२६ को ठमेल र वडा नंं. २७ को कमलादीबाट ११ जना सडक बालबालिकाहरूको उद्धार गरिएको छ । बालिबालिका खोजतलास केन्द्रको नेतृत्वमा उनीहरूलाई उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूमा आठ जना बालक र तीन जना बालिका रहेका छन् । जसमध्ये ११ वर्षीय एक, १६ वर्षीय दुई, १७ वर्षीय तीन र १८ वर्षीय चार जना गरी आठ जना बालक र १६, १७ र १८ वर्षीया बालिका रहेका छन् ।

लामो समयदेखि अभिभावकविहीन भएकोले उनीहरूको स्थायी ठेगना खुल्न नसकेको बालबालिका खोजतलास  समन्वय केन्द्रका अधिकृत सन्तोष अधिकारीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।

उहाँले उद्धार गरिएका सबै बालबालिकाहरू लागु औषध दुर्व्यसनी रहेको बताउनुभयो । उनिहरूलाई असार १९ र २० गते उद्धार गरी सोभर रिकभरी सेन्टर बौद्धमा राखिएको छ ।

केन्द्रले समय समयमा काठमाडौँका विभिन्न स्थानहरूबाट सडक बालबालिकाहरूको उद्धार गरी विभिन्न सामाजिक संस्थाहरूको जिम्म्मा लगाउँदै आएको अधिकारीले जानकारी दिनु भयो ।


विमला पौडेल