इन्सेकलगायत मानव अधिकारकर्मीको टोलीद्वारा हेटौँडाका आइसोलेशन तथा क्वारेण्टाइनको अनुगमन (फोटो फिचर)

  ०७७ असार १४ गते

इन्सेक बागमती प्रदेश संयोजक तथा केन्द्रीय मानव अधिकार अनुगमन समितिका सदस्य कृष्ण गौतम, सोही समितिका सदस्य गैसस महासङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल लगायतको टोलीले असार १३ गते हेटौँडामा कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा आएका आइसोलेशन वार्ड, क्वारेण्टाइन तथा होल्डिङ सेन्टरको अनुगमन गरेको छ ।

photo20200628makawanpur (6)

हेटौँडाको श्रमिक माविको क्वारेण्टाइनमा एक जना महिलासहित पाँच जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र उनीहरूमा कोरोना भाइरसको कुनै लक्षण नभएकोले जोखिम नदेखिएको क्वारेण्टाइनका इञ्चार्ज जनस्वास्थ्य अधिकृत भोला चौलागाईँले बताउनु भयो ।

photo20200628makawanpur (1)

उहाँले सो आइसोलेशनमा एक महिलासहित १३ जना क्वारेण्टाइनमा रहेको समेत जानकारी दिनु भयो । यस आइसोलेशनमा डाक्टरसहित नौ जना स्वास्थ्यकर्मी रहेकामा तीन जना आवसीय रूपमा कार्यरत रहेका छन् ।

photo20200628makawanpur (2)

पुरुष शौचालय अस्थायी प्रकृतिको रहे पनि श्वाब सङ्कलन कक्ष, उपचार, खाना, बस्न, सुत्न, सञ्चारको लागि वाईफाईलगायत सबै भौतिक सुविधा सन्तोषजनक रहेको अनुगमन टोलीलाई आइसोलेशनमा रहेकाहरूले बताएका छन् ।

photo20200628makawanpur (3)

यसैगरी गोरक्षश्वर समितिको क्वारेण्टाइनमा तीन जना महिला सहित ११ जना रहेको पाइयो । क्वारेण्टाइनमा डाक्टर सहितको टोली चौबिसै घण्टा खटिएको र यहाँ पनि खाना, बस्न, शौचालय, झुल, औषधि सबै भौतिक सामग्रीको उपलब्धता रहेको चौलागाईँले बताउनु भएको छ ।

photo20200628makawanpur (4)

जिल्ला समन्वय समितिले सञ्चालन गरेको वन विज्ञान अध्ययन संस्थान हेटौँडामा रहेको होल्डिङ सेन्टरलाई ५० जना रात बस्न सक्ने गरी स्तरोन्नति गरिएको त्यहाँ कार्यरत होल्डिङ सेन्टरका इञ्चार्ज उपेन्द्र पोखरेलले बताउनु भयो ।

photo20200628makawanpur (7)

होल्डिङ् सेन्टरमा प्रवेश गर्नलाई साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, खाजको लागि चाउचाउ, विस्कुट पानीको व्यवस्था, आराम कक्ष, राती बस्नु परे झुल सहित भौतिक दुरी कायम गरी आठ जना महिला र १२ जना पुरुषको लागि बेडको व्यवस्था समेत रहेको छ ।

photo20200628makawanpur (5)

होल्डिङ सेन्टर जेठ २८ गतेदेखि सञ्चालनमा आएको र ओमन, मलेसिया, कतार, कुवेत, दुवही, साउदी लगायत आठ देशबाट आएका ९० जना भन्दा बढीले सेवा लिइसक्नु भएको पोखरेलले बताउनु भयो ।

photo20200628makawanpur (11)

photo20200628makawanpur (10)

photo20200628makawanpur (9)

photo20200628makawanpur (8)


इन्सेक, बागमती प्रदेश कार्यालय हेटौँडा