हुम्ला जिल्लाका डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन
हुम्लामा डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कार्यालय प्रमुखहरू जिल्लामा नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलयमा औषधि उपचार गर्न जाँदा डाक्टर नभएको भन्दै स्थानीयबासी त्यसै घर फर्कनु परेको विष्णुबहादुर शाहीले बताए ।
तरकारीको बिउविजन ल्याउन जाँदा कृषि कार्यालयमा कार्यालय प्रमुख नभएकाले बिउ पाउन नसकेको मेघ दमाइले गुनासो गरे ।
हिजोआज जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला स्वास्थ्य कायालय, मालपोत कार्यालय, जिल्ला आयुर्वेद, सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका कार्यालयमा कार्यालय प्रमुख छैनन् । त्यसैगरि कार्यालय प्रमुख नहुने अन्य कार्यालयहरूमा हिल्दुम जलविद्युत आयोजना, महिला विकास कार्यालय, नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिञ्चाई युनिट, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप, सिमकोट हिल्सा सडक आयोजना र वाणिज्य बैङ्क रहेका छन ।
यस सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलासँग प्रतिक्रिया माग्दा आफूलाई पाँच ओटा कार्यालयको मात्र जानकारी आएको र अन्यको कुनै जानकारी नभएको बताए ।
सिटौलाका अनुसार प्रमुख जिल्ला अधिकारी छिट्टै नै जिल्लामा आउने र त्यसपछि कर्मचारीको खोजी गरिने छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…