हुम्लाका २० ओटा मतदान केन्द्र सञ्चारविहीन !

  ०७४ कात्तिक २१ गते

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये २० ओटा मतदान केन्द्र सञ्चारविहीन रहेका छन् ।

नाम्खा गाउँपालिकाका १० ओटा, ताँजाकोट गाउँपालिकाका दुई ओट, सर्केगाड गाउँपालिकामा पाँच, चङ्खेली गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकामा एउटा मतदान केन्द्र सञ्चारको सुविधाबाट विमुख रहेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए ।

जिल्लामा भौगोलिक विकटताले गर्दा मतदान केन्द्रमा खटाइएका कर्मचारीलगायत निर्वाचनसम्बन्धी खबर गर्न समस्या भएको बताए ।


नन्द सिंह