हुम्लाका उत्तरी भेगका विद्यालय वार्षिक परीक्षा नहुँदै बन्द

  ०७४ पुस ९ गते

हुम्ला जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढेपछि वार्षिक परीक्षा नहुँदै नाम्खा गाउँपालिकास्थित १५ ओटा विद्यालय बन्द भएका छन् ।

बन्द हुनेमा लिमि गाउँका तीन, यारीको एक, मुचुका दुई, चाला गाउँको एक, यालवाङ गाउँका तीन, च्यादुकका दुई र केर्मीका तीन ओटा विद्यालय रहेका छन् ।

अन्य गाउँपालिकाका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । हुम्लामा फागुन महिनादेखि पुसको दोस्रो हप्तासम्म विद्यालय सञ्चालन हुने गरेको भएपनि उत्तरी भेग नाम्खा गाउँपालिकाका अधिकांश विद्यालय एक महिना अगाडि नै बन्द गरेपछि यहाँका करिब १ हजार २ सय विद्यार्थी प्रत्यक्ष मारमा परेको नाम्ख गाँउपालिका-२ का स्थानीयबासी टसी लामाले गुनासो गरे ।

लामाका अनुसार सो विद्यालयका विद्यार्थीको पठनपाठनमा प्रभावित भएपछि कक्षा पाँच देखि माथि पास गरेर पढ्न नपाएको गुनासो गरेका छन् ।

हिमाली भेगमा हिमपात हुने भएको हुँदा वार्षिक परीक्षा नगर्दै विद्यालय बन्द हुने गरेको निमित्त जिल्ला शिक्षा अधिकारी वर्षबहादुर कार्कीले बताए ।


नन्द सिंह