हिंसा पीडित बालबालिकालाई इन्सेकद्वारा सहयोग

  ०७७ असोज २६ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मानव अधिकार उलंघनका पीडित एक बालक र एक बालिकालाई न्यायिक प्रक्रियामा  जान र स्वास्थ्य उपचारका लागि असोज २६ गते आर्थीक सहयोग प्रदान गरेको छ ।

प्रहरी चौकी रामघाटका ४५ वर्षीय सई पूर्णबहादुर रानाद्वारा भदौ ३ गते कुटपिट गरिएका भेरीगंगा नपा ११ का १२ वर्षीय रुवेन परियार र छिमेकीहरू ४५ वर्षीय ओम कुमारी गौतम र ४० वर्षीया गौमाया वलीद्वारा साउन १६ गते गाली बेइज्जती गरी हिंसामा परेकी गुर्भाकोट नपा २ की १६ वर्षीया सोनु थापालाई प्रतिव्यक्ति १० हजारका दरले सहयोग प्रदान गरिएको हो ।

प्रहरीको कुटपिटबाट रुवेनको मानसिक सन्तुलनमा समस्या आएको परिवारको भनाई छ ।

इन्सेक सुर्खेतद्वारा गठित मानव अधिकार सहायता कक्षले असोज २२ गते गरेको सिफारिसको आधारमा उनीहरूलाई सहयोग प्रदान गरिएको मानव अधिकार अधिकृत सोम चौधरीले बताउनु भयो ।

इन्सेक लगायत जिल्ला स्थित अधिकारर्मीहरुले दुवै घटनाका सम्बन्धमा भदौ २२ गते स्थलगत अनुगमन समेत गरेको थियो ।

मनव अधिकार उलंघन घटनाका पीडितहरूलाई नगद रकम हस्तान्त्रण गर्दै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार उलंघन घटनाका पीडितहरुलाई कानुनी प्रक्रियामा जान र स्वास्थ्य उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सो सहयोग प्रदान गरिएको बताउनु भयो ।

यस अघि इन्सेक सुर्खेतले ९ जना घरेलु हिंसा पीडितहरूलाई सहयोग प्रदान गरिसकेको छ ।

skt 20201012

Surkhet 20201012


दुर्गा थापा