हिंसा पीडितहरूलाई इन्सेकद्वारा सहयोग प्रदान

  ०७७ पुस ६ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले हिंसा पीडित बालक र दुई महिलालाई न्यायिक प्रक्रियामा जान कानुनी उपचारका लागि पुस ६ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा–४ का १८ वर्षीय संजोग सार्की, लेकवेसी नपा–१ की २२ वर्षीया भावना बडुवाल र पञ्चपुरी नपा–९ की ३१ वर्षीया दिपा बुढालाई जनही दश हजारका दरले सहयोग प्रदान गरिएको हो ।

20201221_133320

इन्सेक सुर्खेतद्वारा गठित मानव अधिकार सहायता कक्षमा परेको निवेदनपछि सहायता कक्षले पुस ४ गते गरेको सिफारिसको आधारमा उनीहरूलाई सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टले बताउनु भयो ।

इन्सेकद्वारा गठित मानव अधिकार समूह  वीरेन्द्रनगरका अध्यक्ष  लक्ष्मी शर्मा, हिंसा निगरानी समूहका अध्यक्ष गीता कोइराला र सदस्य खगीसरा वलीले हिंसा पीडितहरूलाई संयुक्त रूपमा सहयोग प्रदान गर्नु भएको थियो ।

हिंसा पीडितहरूले दिएको निवेदन अनुसार सार्की सौतेनी आमाबाट, बडुवाल र बुढा पति तथा घरपरिवारबाट हिंसामा परेका हुन् ।

इन्सेक सुर्खेतले यस अघि कर्णाली प्रदेशमा यसअघि ६ जनालाई सहयोग प्रदान गरिसकेको छ ।

20201221_133412


दुर्गा थापा