हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित महिलालाई मङ्सिर १० गते आर्थिक सहयोग प्रदान गरेको छ ।
घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५ की ४० वर्षीया कृष्णा सुनारलाई कानुनी प्रक्रियामा सहयोग पुर्याउन १५ हजार नगद प्रदान गरेको हो ।
मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत इन्सेकद्वारा वीरेन्द्रनगरमा गठित हिंसा निगरानी समूहमा पीडितले दिएको निवेदन तथा निगरानी समूह र इन्सेकले गरेको संयुक्त अनुगमनपछि गरिएको सिफारिसको आधारमा पीडित सुनारलाई सहयोग गरिएको इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले बताउनु भयो ।
पीडितलाई रकम हस्तानान्तरण गर्दै हिंसा निगरानी समूहका अध्यक्ष एवम् अधिवक्ता गीता कोइरालाले घरेलु हिंसा पीडितहरूलाई कानुनी प्रक्रियामा जानका लागि आवश्यक पर्ने खर्च जुटाई सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्नु भयो ।
यस अघि इन्सेकले चार वर्षीया बलात्कृत बालिका सहित नौजना हिंसा पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिसकेको संयोजक सुवेदीले जानकारी दिनु भयो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
इन्सेक प्रतिनिधिद्वारा पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानव अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्राप्त गरेको पुरस्कार मानव अधिकार उल्लङ्घनका पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको छ । इन्सेकले…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)
फागुन १२ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार
भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ । फागुन १०…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले केआइसिंह गाउँपालिका-३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भारतको हैदरावाद…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले…