हिंसापीडित महिलाद्वारा उपचारका लागि सहयोगको याचना
खर्च अभावमा उपचार गर्न नपाएर घरमै अलपत्र परेकी हिंसा पीडित घाइते सुरुङ्गा नपा–१ लक्ष्मीपुरकी २५ वर्षीया बसन्तीदेवी सदा र उनको परिवारले इन्सेकलगायत विभिन्न सङ्घसंस्थालाई उपचारमा सहयोगका लागि भदौ ११ गते आग्रह गर्नु भएको छ ।
मादक पदार्थ खाएर पीडितका २५ वर्षीय पति दिपेन भनिने दिपेन्द्र सदाले साउन ७ गते मट्टितेल खन्याएर आगो लगाएपछि उपचार खर्च अभावमा घाइते घरमै अलपत्र बस्नु भएको थियो ।
आगो लगाएको घटना थाहा पाएर छिमेकीहरूले आगो निभाए पनि घाइतेको छातिदेखि तलको अधिकांश अङ्ग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पताल लहानका डाक्टर सुनिल कुशवाहाले जानकारी दिनु भयो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पु¥याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराजस्थित अस्पताल नै आएको घाइतेका बुवा मनभरण सदाले बताउनु भयो ।
अस्पतालमा खाना, बस्न र औषधि उपचार गर्न खर्च नभएपछि औषधि उपचार नै नगराई घाइतेलाई घरमै राख्नु परेको पीडितका ससुरा हरि सदाले जानकारी दिनु भयो ।
समग्र जनउत्थान केन्द्रका मनोसामाजिक विमर्शकर्ता कविताकुमारी चौधरी र रेणु कर्णले भदौ ११ गते उद्धार गरी रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा भर्ना गरे पनि लहान अस्पतालले उपचारका लागि उपयुक्त स्थान काठमाडौँ लैजान सुझाएपछि समस्यामा परेको सदाले बताउनु भयो ।
उपचारमा संलग्न अस्पतालका डाक्टर रोहित साहले शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचारका लागि काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पताल लैजानु पर्ने आवश्यकता औँल्याउनु भएको छ ।
लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरिए पनि चिकित्सकहरूले किर्तिपुर लैजानु भनेकाले इन्सेकलगायत विभिन्न संस्थासँग सहयोगको अपेक्षा गरेको समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनु भयो ।
मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न प्रयास गरेको आरोपमा घाइतेका पति भदौ ११ गते नै सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…