हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु, ९३ जना घाइते

  ०७६ जेठ २४ गते

हावाहुरीका कारण जेठ २३ गते साँझ कैलालीमा दुई जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् ।

हावाहुरीका कारण पोल्ट्रि फर्मको पर्खाल भत्कँदा टिकापुर नपा-७ का ४७ वर्षीय लहानु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार गोदावरी नगरपालिका-८ का बेदबहादुर चौधरी सवार मोटरसाइकल हावाहुरीका कारण अनियन्त्रित भइ दुर्घटनामा परेपछि मृत्यु भएको हो ।

डिएसपी बस्नेतले घाइते भएर उपचार गराएका ६१ जना घर फर्किसकेको र १० जनाको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको बताए ।

अहिले कैलालीमा बिजुली र टेलिफोन अवरूद्ध छ भने अधिकांश घरटहराका छाना उडाएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार हावाहुरीका कारण घाइते भएका १५ जना समान्य उपचार पछि घर फर्किएका छन् भने सात जनाको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ ।

कञ्चनपुर जिल्लाका अधिकांश घरटहरा, सामुदायिक विद्यालय, सामुदायिक भवन लगायतका छाना हावाहुरीले उडाएको छ ।

photo20190607kailali (1)

photo20190607kailali (2)

photo20190607kailali (3)

photo20190607kailali (4)

photo20190607kailali (5)

photo20190607kailali (6)

photo20190607kailali (7)

photo20190607kailali (8)

photo20190607kailali (9)

photo20190607kailali (10)

photo20190607kailali (11)

photo20190607kailali (12)

photo20190607kailali (13)

photo20190607kailali (14)

photo20190607kailali (15)

photo20190607kailali (16)

photo20190607kailali (17)

फोटोः कृष्ण बिक/कैलाली


अनलाइन डेस्क