हावाहुण्डरीबाट बाराका १६ ओटा गाउँमा क्षति

  ०७५ चैत २१ गते

चैत १७ गते साँझ आएको हावाहुण्डरीले बाराका १६ वटा गाँउमा क्षति भएको छ । क्षति हुने गाउँहरुमा कलैया उपमहानगरपालिका–१२ धर्मनगर, कलैया उपमहानगरपालिका–१८ दलित बस्ती भरवलिया गाँउ,  फेटा गाउँपालिका–१ भलुही, फेटा गाँउपालिका–२ भरवलिया, फेटा गाँउपालिका–६ पुरैनिया, फेटा गाउँपालिका–७ गम्हरिया, प्रसौनी गाउँपालिका–४ खुटुवा, परवानीपुर  गाउँपालिका चैनपुरगाउँ, देवताल गाउँपालिका रमपुर्वा, महागढीमाई नगरपालिका–७ तेलगाई, सुवर्ण गाउँपालिका–१ बगही र सोलकपुर, सुवर्ण गाउँपालिका–३ चरमोहना, संतगङ्ज, सुवर्ण गाउँपालिका–५ र ८ प्रशुरामपुर, सुवर्ण गाउँपालिका–४ हर्दीया, बेलवा र पचरौता नगरपालिका–७ बेनौली रहेको जनाइएको छ ।

सबभन्दा बढी मानवीय र भौतिक क्षती पुरैनीया र भलुही भवरवलीयामा भएको छ । अन्य स्थानमा  मानवनीय क्षति कम भएपनि भौतिक क्षति भएको छ । हावाहुण्डरीले घर भत्काएको छ । गहुँ, मकै बालीमा क्षति पुर्‍याएको छ । स्थानीयबासीले भकारीमा राखेको धान उडाएर लगेको छ । रुख, बाँस र विरुवाहरु लगायतको क्षति भएको छ ।

बारामा १ हजार घरहरु भत्किएको प्रारम्भिक बिवरण रहेको जनाइएको छ । केही पीडितहरु त्रिपाल र केही पीडितहरु खुला आकाशमुनि दयनीय जीवन बिताउन बाध्य भएका छन् ।

७ सय मानिसहरु घाइते भएका छन् । घाइतेहरुको कलैया, वीरगञ्ज, काठमाडौँलगायत सात ओटा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


भोलानाथ पौडेल