हराएका शिक्षक मृत भेटिए

  ०७४ फागुन ३ गते

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला परेका छन् ।

 

माघ २० गतेबाट हराएका शिक्षक भोजपुर नगरपालिका र रामप्रसाद गाउँपालिकाको सिमाना सिक्तेल खोलामा हत्या गरिएको अवस्थामा भेटिएको पीडितका काका कुमार खनालले बताए । खनालको टाउको र शरीरमा गहिरो चोट लागेको उनले जानकारी दिए ।

 

हत्या अवस्थामा भेटिएका खनालको हत्याबारे पहिचान नभएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले बताए । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।


किरण राई