हत्या प्रयास ठहर गर्दै दुई वर्ष कैदको फैसला

  ०७६ माघ १७ गते

पत्नीसहित तीन जनाको हत्या प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले माघ १६ गते भूमिकास्थान नपा–६ का २७ वर्षीय चिरन घर्तीलाई दुई वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्ययाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई  दुई वर्ष कैदको  फैसला गरेको जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो ।

आरोपितले ०७६ साउन २८ गते पत्नी १८ वर्षीया गीता घर्तिमगर, सासु ४३ वर्षीया भूमकला क्षेत्री र साला ११ वर्षीय अर्जुन क्षेत्रीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बुनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भएको थियो ।

पीडित पक्षले  साउन २९ गते आरोपित विरूद्ध उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले भदौ १८ गते  गिरफ्तार गरेको थियो ।

 


नारायण भुसाल