हतियार प्रहार गरी सासूकाे हत्या, घटनाकी आरोपित बुहारी गिरफ्तार

  ०७७ जेठ १८ गते

कावासोति नगरपालिका–८ शिलत चोककी ८२ वर्षीया सासू जसोधा अधिकारीकाे जेठ १६ गते राति हत्या गरेको आरोपमा प्रहरीले  ४० वर्षीया बुहारी निरा खत्री अधिकारीलाई जेठ १७ गते गिरफ्तार गरेको छ ।

निराले  जसोधाको हत्या गरेको भन्दै निराका पति चन्द्रकान्त अधिकारीले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिनुभएको थियो ।

सोही उजुरीको आधारमा आरोपितलाई हिरासतमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सइ टिकाराम पोख्रेलले बताउनुभयो ।

प्रहरीलाई जेठ १७ गते जसोधा शौचालयमा लडे्र मृत्यु भएको भन्दै जानकारी आएको र मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा जेठ १७ गते गरिएको पोष्टमार्टमको रिपाेर्ट मृत्युको कारण शङ्कास्पद देखिएपछि प्रहरीले साेही दिनबाट अनुसन्धान सुरू गरेको  हाे।

निरा र जसोधाबीच यसअघि पनि विवाद हुनेगरेको र त्यस्तै विवादको क्रममा जसोधाको जेठ १६ गते राति बोधो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको सइ पोख्रेलले बताउनुभयो ।

उहाँले घटनास्थलबाट  सिलाैटाे र हसिया बरामद भएकाे र घटना हाल अनुसन्धानकै क्रममा रहेकाेले विस्तृत जानकारी  दिन नमिल्ने बताउनुभएकाे छ ।


तिर्थराज डुम्रे