हत्या घटनाका आरोपित सासु र नन्द गिरफ्तार

  ०७६ माघ २० गते

औरही नपा–२ देउरीप्रवाह की २४ वर्षीया चिन्ताकुमारी पासवानलाई माघ १८ गते कुटपिट गरी हत्या गरेको आरोपमा सासु ४५ वर्षीया कुमला देवी पासवान र नन्द २० वर्षीया पुनिता पासवानलाई माघ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

photo20200203dhanusha

हत्या घटनाका मुख्य आरोपित ३० वर्षीय पति अनिल पासवान र ससुरा ५५ वर्षीय राधा पासवान फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ । पीडितको माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा माघ १९ गते उजुरी दिनु भएको छ ।

सिरहा जिल्ला विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर माइत भएकी चिन्ताकुमारीले माघ १८ गते साँझ ७ बजे आफूलाई फोन गरेर पति अनिल पासमान र सासु कुमला देवी पासवान लगायत परिवारजनले कुटपिट गर्दै आएकोले आफू माइत आउन चाहेको बताएको मृतकका बुवा दुःखी पासवानले बताउनु भएको छ ।

छोरीलाई सम्झाउँदै आफु भोलि अर्थात माघ १९ गते घरमै लिन आउँछु भनेको केही समयपछि उनको पतिले हत्या गरेको खबर पाएको मृतकका बुवाले बताउनु भयो । आफुहरू राति १० बजे नै औरहीको देउरी परवाहा पुग्दा छोरीको शव प्रहरीले प्रादेशिक अस्पताल जनकपुर ल्याइसकेकोे मृतकका बुवा दुःखी पासवानले जानकारी दिनु भयो ।

चिन्ताकुमारीको दुबै तिघ्रा, गर्धनमा कालो निल डाम रहेको र पछाडिबाट गर्धन थिचेर हत्या गरेको मृतकका बुवा दुःखीको आरोप छ ।

शवको माघ २० गते प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ ।


दिपेन्द्रप्रसाद सिंह