हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत १९ गते

रून्टीगढी गाउँपालिका–३ की २२ वर्षीया कल्पना घर्तीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भाइ लुमबहादुर घर्तीलाई चैत १७ गते गिरफ्तार गरेको छ ।

घरयासी विवादमा चैत १६ गते भाइले चिरपट प्रहार गर्दा गम्भीर घाइते भएकी कल्पनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा चैत १७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले बताए । शवको पोष्टपार्टम चैत १७ गते कोहलपुर मेडिकल कलेजमा गरिएको प्रहरीले जनायो  ।


माधवकुमार ओली