हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २९ गते

जहदा गाउँपालिका–१ की ५५ वर्षीया जोखनीदेवी सरबरीयाको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय ज्वाई प्रेमलाल सरबरीयालाई माघ २९ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले माघ २८ गते सासुलाई दाउ प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २८ गते प्रहरीमा उजुरी दिएको थियो ।

झापा, गौरीगञ्ज गाउँपालिका– १ का स्थायी घर भएका आरोपित माघ २८ गते ससुराली आएका थिए ।

घरायसी विवादका ज्वाईले दाउ प्रहार गर्दा घाइते हुनुभएकी पीडितको माघ २९ गते उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम माघ २९ गते कोशी अस्पताल गरी शव पीडित पक्षलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।


नेत्रप्रसाद अधिकारी