हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस ५ गते

हरिनाश गाउँपालिका–५ का १४ वर्षीय बालक शेर बहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २६ वर्षीय रेशम रानालाई गिरफ्तार गरेको छ ।

मृतक थापासँग भनाभन हुँदा रिसमा आएर आरोपितले पुस ४ गते टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर राजेन्द्र प्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले घटनाको जानकारी प्राप्त हुना साथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

शवको पोस्टमार्टम पुस ४ गते जिल्ला अस्पताल स्याङ्जामा भएको छ ।


तिलकुमारी थापा