हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २७ गते

व्यास नपा१० शेवर घर भएकी १९ वर्षीया शुकु परियार गुरुङको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २२ वर्षीय नवराज गुरुङ र देवर १९ वर्षीय शिशिर गुरुङलाई ०७७ भदौ २६ गते गिरफ्तार गरेको छ ।

मृतकको शव आफ्नै कोठामा भदौ २५ गते दिउँसो झुन्डिएको अवस्थामा फेला परिएको थियो । मृतकलाई आरोपितहरुले मिलेर हत्या गरेको भन्दै मृतकको माइती पक्षले आरोपितहरुविरुद्ध भदौ २६ गते किटानी उजुरी दिएका थिए ।

मृतककी दिदी लक्ष्मी परियारले घटना हुनु केही समय अघि मृतकलाई देवर शिशिरले कुटपिट गरेको र मृतकका पत्तीले पनि उनलाई सधै कुटपिट गर्दै आएको उजुरीमा उल्लेख गर्नुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

मृतकको पोष्ट मार्टम भदौ २६ गते दमौली अस्पतालमा गरेपनि त्यसको रिपोर्ट प्राप्त नभएको डिएसपी तिमिल्सेनाले बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई