हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ३१ गते

सिरहा नपा–१६ कि १९ वर्षीया ककुलतीदेवी दासको हत्या गरेको आरोपमा मृतकका पति २० वर्षीय धिरज दास र सासु ३५ वर्षीय राजकुमारी दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले साउन ३० गते राति १० बजे गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले तीन महिनाकी गर्भवती छोरीलाई साउन २७ गते कुटपिट गरी हत्या गरेको इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

साउन २८ गते बिहान छिमेकीले जानकारी गराए पछि घटना थाहा पाएको र पोष्ट मार्टमको रिपोर्ट आए पछि किटानी उजुरी दिन प्रहरीले भनेपछि रिपोर्ट साउन ३० गते आएको र किटानी उजुरी दिएको बुवा चन्दर दासले प्रतिनिधिलाई बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार घटना शङ्कास्पद भए पनि पोष्ट मार्टमको रिपोर्टले थप जानकारीहरू प्राप्त भएकाले आरोपितहरूलाई गिरफ्तार गरेको बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा साउन २८ गते भएको थियो ।


दुर्गा परियार