हत्या घटनाका आरोपित गिरफ्तार

   ०७६ माघ २५ गते 

पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुकी ३५ वर्षीया सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय सुसुरालाई माघ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ २४ गते बुहारीको हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

आरोपितमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २४ गते गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


देवराज गुरुङ