हत्या गरेको कसुरमा आजीवन काराबास सजायको फैसला
कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिला डोरकुमारी राउतको हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाँउका २५ वर्षीय रोशन राउतलाई मङ्सिर १७ गते आजीवन काराबासको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै आजीवन काराबाससहित पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७७ भदौ २७ गते घरमा एक्लै भएको मौका छोपी खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडितका आफन्त दुर्गाबहादुर राउतले सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिनु भएको थियो ।
आरोपितलाई प्रहरीले घटना भएकै दिन घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
अदालतले असोज २१ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
शवको पोष्टमार्टम भदौ २७ गते कटारी अस्पतालमा गरिएको थियो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…