हत्या गरी जलाइएको अवस्थामा शव फेला

  ०७५ फागुन ३ गते

मिथिला नपा–३ मगरटोलकी ११ वर्षीया दुतिया रसैलीलाई जलाइएको अवस्थामा फागुन २ गते शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।

सोही ठाउँस्थित मरला धार भन्ने ठाउँमा आधा शरीर जलेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

बालिकालाई मारेर जलाएको वा जलाएर मारेको भन्ने बारे एकिन हुन नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताए ।

प्रदेश प्रहरीको आग्रहमा हेटौँडाबाट घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर पनि आएको इन्स्पेक्टर राईले बताए ।

घटना बारे अनुसन्धान भइरहेको बताउँदै उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा भन्न सकिने बताए ।

शव पोष्र्टमाटमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । फागुन ३ गते पोष्टमार्टम गरिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक बालिकाको आमा नभएको, बुवा मानसिक रूपमा ठिक नभएको र हजुर आमा पनि आँखा नदेख्ने भएकाले उजुरी दिने कोही नभएकाले प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धानपछि मुद्दा चलाइने इन्स्पेक्टर राईले बताए ।


विनोदकुमार रविदास