हत्या आरोपमा भतिजासहित छिमेकी गिरफ्तार

  ०७३ साउन ७ गते

सतवरिया गाविस-८ की २८ वर्षीया बालिका चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको भतिजा नाता पर्ने ३२ वर्षीय सिताराम चौधरी र छिमेकी २७ वर्षीय श्रवण चौधरीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार भएका आरोपितलाई साउन ७ गते प्रहरीले घोराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आपसी मतभेद हुँदा आरोपितले आवेशमा आएर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आरोपित दुवैलाई लमहीबाट गिरफ्तार गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।

सतवरियामा किराना पसल गरी बस्ने बालिका चौधरीको असार २२ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


जे.एन.सागर