हत्याको आरोपमा पति र ससुरा गिरफ्तार

  ०७७ जेठ २ गते

बारेकोट गाउँपालिका-६ ताँसीकी २२ वर्षिया जेनिसा नेपालीको हत्या आरोपमा पीडितको २५ वर्षीय पति अविनाश विक र ५५ वर्षीय ससुरा दलवीर कामीलाई प्रहरीले जेठ २ गते गिरफ्तार गरेको छ ।

मृतकका २७ वर्षीय दाजु दलबहादुर नेपालीले बहिनीको मृत्यु नभई हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ०७७ जेठ २ गते मृतकका पति, सासु, ससुरा, नन्द र आमाजुको नाममा किटानी जाहेरी दिनुभएको थियो ।

उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । गत २७ वैशाखमा भएको जेनिसाको मृत्यु शंकास्पद भएको माइतीपक्षको आरोप रहेको श्रेष्ठले बताउनुभयो ।

शवको पोष्टमार्टम वैशाख २८ गते प्राथमिक स्वास्थ्य केन्द्र, लिम्सा, जाजरकोटमा गरिएको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि २८ गते परिवारले शव दाहसस्कार समेत गरेको थियो।


दिनेशकुमार श्रेष्ठ