स्वास्थ्य संस्थामा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
सिमकोट गाउँपालिकास्थित इलाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि नहुँदा स्थानीयबासी मर्कामा परेका छन् ।
उक्त स्वास्थ्य चौकीका इञ्चार्ज ०७३ मङ्सिर महिनादेखि नहुँदा कार्यालय सहयोगी अङ्गबहादुर शाहीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासी हरि शाहीले गुनासो गरे ।
कार्यालय सहयोगी शाहीले औषधि नचिन्ने भएकोले कार्यालय खोल्ने र बन्द गर्ने बाहेक अन्य स्वास्थ्य सेवा सेवाग्राहीले नपाएको स्थानीयबासी मोहन शाहीले बताए । उनले भने-'इलाका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सिमकोट गाउँपालिका-७ का करिव १ हजार २ सय जना नागरिक मर्कामा परेका छन् ।'
त्यसैगरी सो इलाका स्वास्थ्य चौकीमा एचए, अनमी, अहेब र कार्यालय सहयोगी गरी जम्मा पाँच जनाको दरबन्दी रहेकोमा हाल एक जनामात्र कार्यरत रहेको सिमकोट गाउँपालिका-२ की तिलसरा बिकले बताइन् ।
इलाका स्वास्थ्य चौकीमा औषधि भएपनि औषधि चिनेर दिने स्वास्थ्यकर्मी नहँदा प्रसुति व्यथा लागेकी महिला दुर्गा शाही उपचारबाट वन्चित भएको शाहीका आफन्तले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. स्मृति महतले गत मङ्सिर ५ गतेसम्म उक्त स्वास्थ्य चौकीमा इञ्चार्ज जनक धिताल रहेको र त्यस पश्चात धितालको सरूवा भएकोले उक्त स्वास्थ्य चौकीमा प्रमुख नभएको बताउँदै तत्काल स्वास्थ्यकर्मी पठाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
नन्द सिंह
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला…
मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै…
बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला…
इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा…